अमेरिकामा ठूलो शीतकालीन आँधीकाका कारण १० लाख बढी मानिस प्रभावित, अत्यधिक चिसोका कारण ७ जनाको मृत्यु
काठमाडौं । ठूलो शीतकालीन आँधीले अमेरिकाको दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ ।
बरफ र हिउँका कारण १० लाखभन्दा बढी मानिस विद्युतविहीन छन्, विशेषगरी टेनेसी, मिसिसिपी र क्यारोलाइना क्षेत्रमा १७ हजार भन्दा बढी उडान रद्द भएका छन् र धेरै सहरमा विद्यालय बन्द छन भने अनलाइनबाट कक्षा सञ्चालन भइरहेका सीएनएनले जनाएको छ ।
उत्तर–पूर्वीमा ठूलो हिमपात भएको छ, न्यूयोर्कमा झन्डै ७ देखि १० इन्च हिउँ परेको छ । अत्यधिक चिसोका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने चिसो अझै केही दिन रहने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।
