sevenstartv.com ११ माघ २०८२, आइतवार

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान सुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आज मतदान हुनेछ । मधेस प्रदेशबाट यसपटक चार पद ९महिला, दलित, अपाङ्गतारअल्पसंख्यक र अन्य क्लस्टर० का लागि निर्वाचन हुँदैछ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस,नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवारहरुबिच प्रतिष्पर्धा हुँदैछ । प्रमुख दलहरुबिचको गठबन्धनका कारण कांग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ । कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण र लोसपाका उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर रहेका छन् । राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्