ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डाभोसमा भएको एक कडा सम्बोधनमा ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल वार्ताको माग गरेका छन् । छ वर्षपछि पहिलो पटक विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन खोजेको बताका हुन् ।
ट्रम्पले ट्रान्सएटलान्टिक गठबन्धनलाई टुक्रा पार्ने धम्की दिएको नेटो सदस्य डेनमार्कविरुद्ध सैन्य कारबाहीको चेतावनी दिएको भन्ने कुरालाई अस्वीकार गरे र यो आरोप लगाएकोमा डेनमार्कलाई ‘कृतघ्न’ को संज्ञा दिएका छन् । युरोप र क्यानडाले यसअघि अर्ध–स्वायत्त ग्रिनल्याण्डमाथि ट्रम्पको क्षेत्रीय महत्वाकाङ्क्षाबाट अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई खतराको रूपमा हेरेका थिए । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार डाभोसमा अमेरिकी नेतृत्वको प्रणाली ‘फुट्ने’ चेतावनी दिएका थिए ।
ट्रम्पले डेनमार्कलाई समर्थन गरेको भन्दै आठ युरोपेली देशमाथि २५ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएपछि युरोपले प्रतिकार गर्ने बताएको छ । ग्रिनल्याण्डका प्रधानमन्त्रीले आफ्नो सानो जनसङ्ख्यालाई ५७ हजार सैनिक बलका लागि तयार पारिनुपर्ने बताएका छन् । यसैबिच, ट्रम्पले औपचारिक रूपमा आफ्नो तथाकथित ‘बोर्ड अफ पिस’ को पहिलो चार्टर घोषणा गर्ने तयारी गरेका छन्, अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गर्ने एक निकायका रूपमा शान्ति समिति (बोर्ड अफ पिसं को स्थायी सदस्यताका लागि एक अर्ब डलर तिर्नुपर्नेछ ।
