sevenstartv.com १० चैत २०८२, मङ्गलवार

युक्रेनसँगको युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको बताइएकाने छ । ‘मिडिया जोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्यांक प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ । यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।

‘अगष्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ’, ‘मिडिया जोना’ले शनिबार भनेको छ । पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र  धेरै सैनिकको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ । 

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो । मिडिया जोनाको विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बाश्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ। यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ ।

समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ वर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट छ हजार ८७७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए । रूसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ । 

‘मिडिया जोना’ र बीबीसीले रूसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्वीरहरूको प्रयोग गर्दै नयाँ मृतकको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युहरूको गणना गरिरहेका छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्