sevenstartv.com ९ माघ २०८२, शुक्रवार

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा झडप भएको हो । दमकको गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झडप भएको हो । 

रास्वापाका समर्थकहरू बालेनले उम्मेदवारी दर्ता गर्न जाँदा उनको साथमा गएका थिए । एमाले अध्यक्ष ओली केही बेरमा उम्मेदवारी दर्ता गर्न जाने भएकोले एमालेका कार्यकर्ता पनि ठूलो संख्यामा जम्मा भएका थिए । २ दलका कार्यकर्ता आमनेसामने भएपछि झडप भएको हो । दुई समूहबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दमकले अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्