सहारा खेलकुद महोत्सव : फलेबास र दमेक भिड्दै
प्रथम हुनेले जित्नेछ २ लाख १५ हजार ५५५ रुपैयाँ
काठमाडौं । बागलुङको कुश्मीसेरामा सञ्चालित सहारा खेलकुद महोत्सव अन्तरगत भएको भलिबल प्रतियोगितामा उपाधीकोलागि फलेबास र जैमिनी नगरपालिका ३ दमेक भिड्ने भएका छन् ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा फलेबासले रायडाँडालाई ३–० सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै जैमिनी–३ दमेकले जैमिनी–१० राङखानीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फलेबास र दमेक बीचको फाइनल खेल मंगलबार हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन । द्धितीय हुनेले १ लाख १ हजार १११, तृतीय हुनेले ४५ हजार ५५५र सान्तवना हुनेले २५ हजार ५५५ सहित मेडल र प्रमाण–पत्र पाउनेछ छन् ।
भलिबल अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) को परिवर्तित नियमानुसार खेलाइएको छ । गत पौष २८ गतेदेखि सुरु भएको महोत्सवमा भलिबल सहित, खुल्ला महिला भलिबल, वार्ड स्तरीय पुरुष भेट्रान्स भलिबल, धौलागिरी अञ्चल स्तरीय पुरुष डबल सी लेबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो ।
त्यस्तै मिनी डान्स आइडल, खुल्ला सालैजो, कृषि उपज तथा पशु प्रदर्शनी, झाँकी प्रदर्शनी तथा विविध मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो ।
