sevenstartv.com २ चैत २०८२, सोमवार

उत्तरी चीनको एक कारखानामा शक्तिशाली विस्फोट हुँदा दुई जनाको मृत्यु, ८४ घाइते, घटनाबारे अनुसन्धान हुँदै

५ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । विस्फोट आइतबार  इनर मंगोलियास्थित ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’ मा भएको हो । 

शक्तिशाली विस्फोट हुँदा वरपरको क्षेत्रमा ठूलो धक्का महसुस गरिएको थियो । अधिकारीहरूले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेका छन् । बाओगाङ युनाइटेड स्टिल चीनको सरकारको स्वामित्वमा रहेको एक ठूलो फलाम र इस्पात उत्पादन गर्ने कम्पनी हो । चीनमा औद्योगिक दुर्घटनाको इतिहास लामो छ, जसमा कारखाना विस्फोट, खानी भत्किने र पहिरो जानेजस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्