sevenstartv.com २ चैत २०८२, सोमवार

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

२०२५ अन्तर्राष्ट्रिय सहयोग र मूल्यमान्यताका लागि चुनौतीपूर्ण वर्ष भएको जिकिर

४ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर नबनाउन चेतावनी दिएका छन् ।

महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हललाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए । न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन । 

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेका छन् । उनले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्ष भएको बताए । गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रूपमा उद्धृत गरे । 

यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ  गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गरेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्