भेनेजुएलाकी विपक्षी नेतृ माचादोद्धारा २०२५को नोबेल शान्ति पुरस्कार ट्रम्पलाई हस्तान्तरण
अद्भुत महिला भन्दै स्वतन्त्रताप्रति प्रतिबद्धतासँगै गरे प्रशंसा
काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले आफ्नो पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पण गरेकी छिन् ।
ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचादोले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले पु¥याएको अद्वितीय प्रतिबद्धताको सम्मानस्वरूप पदक उनलाई हस्तान्तरण गरेकी हुन् । गत अक्टोबरमा भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि गरेको संघर्षका कारण मचादोलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
यद्यपि, नोबेल समितिले पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने नियम रहेको बताएको छ । ट्रम्पले यसलाई महान सम्मान भन्दै सामाजिक सञ्जालमार्फत मचादोको प्रशंसा गरेका छन् । यो कदमलाई भेनेजुएलामा जारी राजनीतिक संकट र अमेरिकी समर्थनको सांकेतिक कडीका रूपमा हेरिएको छ ।
यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिन लागिएको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको ह्वाइट हाउसले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएलगत्तै तेहरानले उक्त कदम रोकेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।
