sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र सङ्कटा एफसीबीचको खेल बराबरीमा

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र सङ्कटा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि दुवै टोलीले १–१ अङ्क जोडेका छन् ।
यस्तै बिहीबार भएको दोस्रो खेलमा लालीगुराँस एसोसिएशन क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको छ । 

लालीगुराँसका राज भुसालले गोल गरे । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबार देखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । 

सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कुल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्