sevenstartv.com ९ माघ २०८२, शुक्रवार

मिराज ढुंगाना समूहले प्रदर्शन गर्दै

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माइतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो ।

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताएका छन् । 

उनले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने कुरामा जोड दिए । कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्