sevenstartv.com ९ माघ २०८२, शुक्रवार

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिनै पर्छ : गगन थापा

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर निवेदन दिएको  खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान अनुसार यो विशेष महाधिवेसनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने स्पष्ट पारेका छन् । 

महामन्त्री थापाले सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा पार्टीको इतिहासलाई जोगाउनको लागि र सच्चा कांग्रेसहरुको मर्म र भावनाको उच्च सम्मान गर्दै निर्वाचन आयोगले वैधानिक ठहर गर्नु पर्ने जिकिर गरेका हुन् । 

'नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको विधान निर्वाचन आयोगले पारित गरेको विधान हो । त्यसैले एक दुई तीन निर्वाचन आयोगले विशेष महाधिवेशन अवैधानिक भन्न सक्दैन,' उनले भने  । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्