sevenstartv.com ८ चैत २०८२, आइतवार

तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लाग्ने

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्