sevenstartv.com १ चैत २०८२, आइतवार

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी, इन्टरनेट पूर्ण रूपमा बन्द

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ । इरानको संसद् सभामुखले चेतावनी दिँदै अमेरिका आक्रमणमा उत्रिए इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य ठेगानामाथि आक्रमण गर्ने समेत चेतावनी दिए ।

महँगीविरुद्ध शुरू भएको आन्दोलन अहिले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा परिणत भएको छ । इन्टरनेट पूर्ण रूपमा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ । यसैबीच, इरानका पूर्व शाहका छोरा रेजा पहलवीले विदेशबाट प्रदर्शनकारीलाई समर्थन गरेका छन् । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ ।

अमेरिकाले हस्तक्षेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सतर्कता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्