sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

२७ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि उपस्थित भएका छन् । संस्थापन पक्ष शेरबहादुर देउवा निकट नेता रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कार्यक्रम स्थलमा पुगेका छन् ।

यस्तै देउवानिकट रहेका संस्थापन पक्षकै नेता केन्द्रीय सदस्य तारामान गुरुङ, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय डिना संग्रौला, कर्ण मल्ल अर्जुन जोशी तारानाथ रानाभाट लगायतका नेताहरू महाधिवेशन स्थल पुगेका छन् ।

नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा संस्थापन पक्षका नेताहरूले बहिष्कार गरेको अवस्थामा यी नेताहरू पुगेका हुन् । विशेष महाधिवेशनमा थुप्रै पूर्वपदाधिकारी लगायतका नेताहरूको पनि उपस्थिति देखिँदैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्