sevenstartv.com ९ माघ २०८२, शुक्रवार

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

२६ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।

११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।  केन्द्रीय कमिटी बैठक ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने छ । 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ ।  यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले ती सँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।  एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ । 

यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । केन्द्रीय समितिले उक्त परिषद् गठन गर्नेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्