बागलुङ अवस्थित साहारा क्लबद्वारा खेलकुद महोत्सव गर्ने तयारी
काठमाडौं । बागलुङ दक्षिण भेग अवस्थित साहारा क्लब द्वारा खेलकुद महोत्सव गर्ने तयारी तिब्र परेको छ । सहारा क्लव कुश्मीसेराले माघेसक्रान्ती पर्व तथा सहारा खेलकुद महोत्सव गर्ने भएको छ ।
क्लवले आगामी पौष २८ गतेदेखि माघ ६ गतेसम्म बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा महोत्सव गर्ने पिङ हरु समान हरु आयको स्टल तारबार गर्ने काम भइरहेको अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।
महोत्सवको अवसरमा वडा स्तरीय खुल्ला भलिबल, खुल्ला महिला भलिबल, वार्ड स्तरीय पुरुष भेट्रान्स भलिबल, धौलागिरी अञ्चल स्तरीय पुरुष डबल सी लेबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै जैमिनी डान्स आइडल, खुल्ला सालैजो, कृषि उपज तथा पशु प्रदर्शनी, झाँकी प्रदर्शनी तथा विविध मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछ । द्धितीय हुनेले १ लाख १ हजार १११, तृतीय हुनेले ४५ हजार ५५५र सान्तवना हुनेले २५ हजार ५५५ सहित मेडल र प्रमाण–पत्र पाउनेछ छन् । भलिबल अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) को परिवर्तित नियमानुसार खेलाइनेछ ।
महिला भलिबलमा प्रथम हुनेले ४० हजार ३३३, द्धितीय हुनेले ३० हजार ५५५ र सेमिफाइनल उपविजेताले ७ हजार ५५५ रुपैयाँ नगद सहित मेडल र प्रमाण–पत्र पाउनेछन् । वडा स्तरीय पुरुष भेट्रान्स भलिबल प्रतियोगितामा प्रथम हुनेले ४० हजार ३३३ सहित शिल्ड, द्धितीय हुनेले २० हजार ५५५ र सेमिफाइनल उपविजेताले ७ हजार ५५५ मेडल र प्रमाण–पत्र पाउनेछन् ।
धौलागिरी अञ्चल स्तरीय पुरुष सी लेभल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले ४५ हजार ५५५ रुपैयाँ पाउनेछन् । द्धितीय हुनेले २५ हजार ५५५, तृतीय हुनेले १२ हजार ५५५ रुपैयाँ सहि तकप मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । जैमिनी आइडल डान्समा प्रथम हुनेले १३ हजार ५५५, द्धितीय हुनेले ९ हजार ५५५ र तृतीय हुनेले ६ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाण–पत्र पाउनेछन् । खुल्ला सालैजो प्रतियोगितामा प्रथम हुनेले २० हजार ५५५, द्धितीय हुनेले १२ हजार ५५५ र तृतीय हुनेले ७ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
