विशेष महाधिवेशनको विवादका बीच कांग्रेसको संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे यो सम्मेलन हुन लागेको हो ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच यो पत्रकार सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ । सम्मेलनमा कार्यवाहक सभापति खड्कासहित पार्टीका अन्य केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतका अनुसार, कार्यवाहक सभापति खड्काले पार्टीको आधिकारिक धारणा राख्दै आगामी जेठका लागि तय गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको वैधानिकताका बारेमा स्पष्ट पार्ने तयारी गरेका छन् ।
