sevenstartv.com ९ माघ २०८२, शुक्रवार

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ

२५ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ आज शुरु हुने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ शुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ । सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ । फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । 

आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हु्ने छ । समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेश गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छ। समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुने छ । 

प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि शुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्षमा पनि दुई करोड हाराहारीमा मतपत्र छापिनेछ। समानुपातिक र प्रत्यक्ष गरी चार करोड हाराहारीमा मतपत्र छापिने छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्