sevenstartv.com ९ माघ २०८२, शुक्रवार

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको गृहमन्त्री अर्यालकाे भनाइ

२४ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । 

मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । 

निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्