sevenstartv.com ९ माघ २०८२, शुक्रवार

उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध माइतीघरमा प्रदर्शन

२४ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला विरुद्ध सरोकारवालाले पुन प्रदर्शन गरेका हुन् । 

यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो । 

सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो । उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्