सुरेश प्रसाद काफ्ले एसपीबाट एसएसपीमा बढुवा
काठमाडौं । सुरेश प्रसाद काफ्ले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।
रामेछाप निवासी काफ्लेले जिल्ला प्रहरी कार्यालय दाङमा रहँदा उत्कृष्ट काम गरेर जनताको मन जित्ने काम गरेका थिए । काफ्ले प्रहरी भएदेखी विभिन्न जिल्लामा पुगेर जनताको साथमा काम गर्दै उनी जनताको मनमा बस्न सफल भएका छन् ।
