इंग्लिस प्रिमियर लिग अन्तर्गत खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली बीचको खेल बराबरीमा टुंगियो
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलेको बर्नलीले सुरुआतमै अग्रता बनाउँदै खेललाई प्रतिस्पर्धात्मक बनायो ।
खेलको १३ औँ मिनेटमा म्यान युनाइटेडका आयडेन हेभनबाट भएको आत्मघाती गोलका कारण बर्नलीले पहिलो गोलको स्वाद पायो । दोस्रो हाफमा युनाइटेडले खेलमा पकड जमाउँदै बेन्जामिन सेश्कोले ५० औँ र ६०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
तर खेल सकिन केही समय बाँकी रहँदा बर्नलीले पुनरागमन गर्दै ६६औँ मिनेटमा एन्थोनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
