रास्वपाको समानुपातिकबाट डा. रामजी रामले लिए नाम फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि फिर्ता लिएका छन् ।
‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन् ।
बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उनले बताएका छन् । समानुपातिक उम्मेदवारबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्न थालेपछि नाम फिर्ता लिनेको संख्या बढ्न थालेको छ ।
