sevenstartv.com १ चैत २०८२, आइतवार

युद्धविरामपछि पनि गाजा प्रवेशमा पत्रकारलाई रोक, एफपीएले गर्‍यो इजरायली सरकारको आलोचना

बाँकी रहेका बन्धकहरूको खोजीमा बाधा पुग्न सक्ने गाजाको तर्क

२३ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इजरायल र हमासबिच युद्धविराम भए पनि गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा प्रवेश नदिएको भन्दै द फरेन प्रेस एसोसिएसन (एफपीए) ले इजरायली सरकारको आलोचना गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै एफपीएले इजरायली सरकारको यो कदमप्रति असन्तोष व्यक्तगरेको हो । इजरायलले दुई दिनअघि मात्रै सर्वोच्च अदालतलाई सुरक्षा कारण देखाउँदै गाजामा सञ्चारमाध्यममाथिको प्रतिबन्ध कायमै राख्नुपर्ने बताएको थियो । अक्टोबर २०२३ मा युद्धसुरु भएदेखि नै इजरायलले विदेशी पत्रकारहरूलाई स्वतन्त्र रूपमा गाजा प्रवेश गर्न रोक लगाएको छ । 

गाजामा सञ्चारमाध्यमको पहुँचका लागि एफपीएले दायर गरेको रिट माथि इजरायलले यस्तो प्रतिक्रिया दिएको हो । एफपीएले इजरायलको उक्तदाबीविरुद्ध अदालतमा सशक्त जवाफ पेस गर्ने प्रतिबद्धता जनाएको छ ।  यता, इजरायली सरकारले भने आफ्नोप्रतिरक्षा संयन्त्रको सुझावका आधारमा यस्तो निर्णय लिएको दाबी गरेको छ । 

पत्रकारहरूलाई प्रवेश दिँदा बाँकी रहेका इजरायली बन्धकहरूको अवशेष खोज्ने कार्यमाबाधा पुग्न सक्ने सरकारको तर्क छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्