कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगतारअल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।
यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता)र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।
