sevenstartv.com १० माघ २०८२, शनिवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२३ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे बस्न लागेको हो । मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको हो ।

मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए। आजको बैठकमा थप नेताले धारणा राख्नेछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्