sevenstartv.com १० माघ २०८२, शनिवार

निर्वाचन आयोगद्धारा राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । 

आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । उहाँले २१ देखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेस गर्न बताउनुभयो । अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने जनाइएको छ ।

उनले दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई आयोगले सार्वजनिक गर्ने जिकिर गरे । फागुन २१ मा हुने निर्वाचनका लागि दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्