sevenstartv.com १० माघ २०८२, शनिवार

भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदै

अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइँदै

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार न्यूयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइने भएको छ ।अमेरिकी सेनाले भेनेजुएलाबाट केही दिनअघि मात्रै राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको थियो।

यो अदालती प्रक्रियासँगै अमेरिकामा मादुरोविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा शुरु हुने भएको छ । मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेश गर्न लागिएको हो । मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानूनी लडाइँको ढोका खोल्ने भएको छ ।

अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागूऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो। जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ । यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुने भएको हो ।

जसले विगत एक दशक भन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्। मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रवल सम्भावना रहेको छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्