sevenstartv.com ९ माघ २०८२, शुक्रवार

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि बङ्गलादेशको टोली घोषणा

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि बङ्गलादेशको टोली घोषणा भएको छ । बङ्गलादेश क्रिकेट बोडले लिटन दासको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । बङ्गलादेशको टोलीमा तीव्र गतिका बलर तस्किन अहमद फर्किएका छन् । 

टि –२० विश्वकपमा बङ्गलादेशले समूह चरणमा पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा खेल्ने तालिका छ । यद्यपि मुस्ताफिजुर रहमान विवादका कारण बीसीबीले यी खेलहरू श्रीलङ्कामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेख्ने बताएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आदेशमा कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को टोलीबाट हटाएपछि विवाद बढेको हो । १०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ । 

नेपाल पनि सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । प्रतियोगितामा २० वटा टोली सहभागी छन् । प्रतियोगिताका लागि अहिलेसम्म बङ्गलादेशसहित साविक विजेता भारत, नामिबिया, जिम्बावे, ओमानले अन्तिम टोली घोषणा गरिसकेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्