उपराष्ट्रपति डेल्सीलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
अमेरिकी आक्रमण र मादुरोको गिरफ्तारीप्रति विश्वव्यापी आलोचना
काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । ट्रम्प प्रशासनले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सेलिया फ्लोरेसलाई गिरफ्तार गरेपछि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी लिएकी हुन् ।
भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको ठहर गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । मदुरो र उनकी श्रीमती सिलियालाई जनवरी ४ मा मध्यरातमा नियन्त्रणमा लिई अमेरिका लगिएको थियो । कडा सुरक्षाबीच मादुरोलाई अमेरिकी सेनाको विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो । न्यूयोर्कमा मादुरो र उनकी श्रीमतीलाई मेडिकल जाँच गरि म्यानहट्टन लगिएको छ ।
मदुरोलाई कानुनी कारबाहीका लागि ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ भने अर्को हप्ता उनीमाथि म्यानहट्टनको संघीय अदालतमा लागुऔषध र हतियारको तस्करी सम्बन्धी मुद्दामा मुद्दा चलाइने बताईएको छ । यसअघि, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
