sevenstartv.com १० माघ २०८२, शनिवार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता तय

बन्दसूचीमा समावेशी समूह मिले÷नमिलेको विषयमा आयोगले आज सम्बन्धित दललाई सूचित गर्नै

२० पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिकतर्फको बन्दसूचीमा आयोगले रुजु गरिरहेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानूनबमोजिम समावेशी समूह मिले÷नमिलेको रुजु गरेर आज सम्बन्धित दललाई सूचित गरिनेछ र यसलाई दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ ।

माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । सूचीमा रहेका उम्मेदवारबारे कानुनी रुपमा अयोग्य भनी दाबीविरोध परेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । सूची त्यसपछि भने परिवर्तन हुने छैन । त्यस्तै आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने गरी काम थालेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरदर दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्