देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति तराई भूभागका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
