नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
यू–१९ टीमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपका लागि ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेका हुन् । एन्फाले अघिल्लो टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ ।
गत मंगलबार एन्फाले श्रेष्ठलाई घरेलु टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । एन्फाको आयोजनामा पोखरामा यस वर्ष साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ। सोही प्रतियोगिता यहि जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म सञ्चालन हुने भएको हो।
