sevenstartv.com १० माघ २०८२, शनिवार

इरानमा आर्थिक अवस्था झन्झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी

प्रदर्शनकारीमाथि दमन नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या नगर्न चेतावनी दिएका छन ।

उनले शान्तिपूर्ण प्रदर्शनकारीको बचाउमा वासिङ्टन अघि सर्ने चेतावनीसमेत इरानलाई दिएको छ । जवाफमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले ट्रम्पलाई “सावधान रहन” चेतावनी दिएका छन ।

 उनले अमेरिकी हस्तक्षेपले मध्यपूर्व क्षेत्रमा अस्थिरता फैलिनसक्ने र अमेरिकाका हितहरू नष्ट हुनसक्ने बताएका छन । इरानमा आर्थिक अवस्था झन्झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी छ । प्रदर्शनका क्रममा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

 यसअघि, गत वर्षको जुन महिनामा ट्रम्पको आदेशमा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले ती आक्रमणले इरानको आणविक हतियार निर्माणको सम्भावनालाई ठूलो मात्रामा पछाडि धकेलेको दाबी गरेका थिए । तर इरानले यस दाबीलाई अस्वीकार गरेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्