sevenstartv.com २ चैत २०८२, सोमवार

इरानमा आर्थिक अवस्था झन्झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी

प्रदर्शनकारीमाथि दमन नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या नगर्न चेतावनी दिएका छन ।

उनले शान्तिपूर्ण प्रदर्शनकारीको बचाउमा वासिङ्टन अघि सर्ने चेतावनीसमेत इरानलाई दिएको छ । जवाफमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले ट्रम्पलाई “सावधान रहन” चेतावनी दिएका छन ।

 उनले अमेरिकी हस्तक्षेपले मध्यपूर्व क्षेत्रमा अस्थिरता फैलिनसक्ने र अमेरिकाका हितहरू नष्ट हुनसक्ने बताएका छन । इरानमा आर्थिक अवस्था झन्झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी छ । प्रदर्शनका क्रममा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

 यसअघि, गत वर्षको जुन महिनामा ट्रम्पको आदेशमा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले ती आक्रमणले इरानको आणविक हतियार निर्माणको सम्भावनालाई ठूलो मात्रामा पछाडि धकेलेको दाबी गरेका थिए । तर इरानले यस दाबीलाई अस्वीकार गरेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्