sevenstartv.com १० माघ २०८२, शनिवार

भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने गृहमन्त्री अर्यालको भनाई

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताएका छन् । 

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एकदिनको सचेतना फैल्याएर सकिने कार्यक्रमको रुपमा सिमित गर्नु नहुने जनाएका हुन् । 

उनले यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सरक्षित बसोवास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रुपमा रुपान्तरण गर्नुपर्ने तर्क गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्