sevenstartv.com १० माघ २०८२, शनिवार

कांग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको नेता गुरुराज घिमिरेको आरोप

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै घिमिरेले पार्टी सदस्यलाई रैती र पार्टीलाई जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृत्ति बढेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका हुन् । उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न नसक्ने जनाए । 

उनले ७५ वर्षको इतिहास बोकेको र लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा स्वेच्छाचारिता र हुकुमी शासन हाबी भएको धारणा राखे । उनले विशेष महाधिवेशनको मागलाई तत्काल सम्बोधन गर्न माग राख्नुभएको छ । घिमिरेले दलभित्र बिधि विहीनता र बेथितिले चरम रूप लिएको टिप्पणी गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्