इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएन, तीन जनाको मृत्यु, १७ जना घाइते
काठमाडौं । इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार लोरेस्तान प्रान्तमा बिहीबार भएको प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा आगजनीका घटनाहरू पनि देखिएका छन्। बीबीसी फारसी सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा प्रदर्शनकारीहरूले शहरको केन्द्रीय प्रहरी कार्यालयअगाडि आगो लगाइरहेको देखिन्छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनका क्रममा एक प्रहरी मुख्यालयमाथि आक्रमण भएको थियो। उक्त घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र गोली चलाएको बताइएको छ ।
