sevenstartv.com १० माघ २०८२, शनिवार

स्विट्जरल्यान्डको एउटा बारमा आगलागी हुँदा ४० जनाको ज्यान गयो, एक सय १५ जना भन्दा धेरै घाइते

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको ज्यान गएको छ ।  एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । 

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् । चिकित्सकहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । 

बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् । पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ । स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको सबैभन्दा दर्दनाक त्रासदीमध्ये एक भन्नु भएको खबरमा उल्लेख छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्