sevenstartv.com १० माघ २०८२, शनिवार

नेपाललाई युक्रेन बनाउन खोजिएको भन्दै खनालले गरे चिन्ता व्यक्त

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेमा छन् । 

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको आरोप लगाएका हुन् । उनले  विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको टिप्पणी गरे । 

शुभकामना सन्देशमा खनालले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमशः निर्माण भइरहेको दाबी गरेका छन्  । उनँले यही विश्व ऐतिहासिक प्रक्रियाको असर नेपालमा पनि परेको भन्दै देश गहिरो सामाजिक–आर्थिक संकटबाट गुज्रिरहेको जिकिर गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्