sevenstartv.com १० माघ २०८२, शनिवार

चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने राष्ट्रपति सीको भनाई

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने बताएका छन् ।  नयाँ वर्षको आफ्नो सम्बोधनमा उनले देशको बढ्दो रक्षा क्षमताको उल्लेख गर्नुका साथै ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माणबारेमा पनि प्रकाश पारेका छन् ।

 सी चिनफिङले ताइवान सामुद्रिक जलमार्गको दुवै छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले मातृभूमिको पुनःएकीकरण समयको माग भएको र यसलाई कसैले रोक्न नसक्ने जनाएका छन । 

सीको यो भनाइ यस्तो समयमा आएको हो, जब पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास तीव्र पारेको छ । चीनले ताइवानलाई आफ्नो मुख्य भूभागको हिस्सा मान्ने गरेको छ । 

चीनले वायुसेनाका नवीनतम लडाकु विमान, विमानवाहक पोत, क्षेप्यास्त्र र ड्रोनहरूको सहायतामा ताइवानमाथि कब्जा गर्ने सैन्य अभ्यास गरेको सन् २०२२ पछि यो छैटौँ पटक हो । आफ्नो सम्बोधनमा ७२ वर्षीय सीले अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा बेइजिङको प्रगतिको पनि चर्चा गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्