sevenstartv.com १० माघ २०८२, शनिवार

राप्रपा र राप्रपा नेपालबीच आज एकता हुँदै

१६ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ । आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो। सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो । यो सँगै लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन् । 

एकीकरणसँगै राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत दिने प्रतिबद्धता लिङ्देनले जनाएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, पार्टीको महाधिवेशन ६ महिना पर सारिएको छ र निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति लिइएको छ ।

राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राप्रपा पुनः एक ठाउँमा फर्किन लागेको यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्