रास्वपाको समानुपातिक सूचीप्रति तोसिमाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् ।
पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छन् । उनले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छन् ।
उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छन् । उनले पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छन् । उनले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ(आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने माग गरेकी छन् ।
रास्वपाले समानुपातिकको बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि त्यसमा अंग्रपंक्तिमा रहेका केही व्यक्ति परेका छैनन् । केही सेलिब्रेटीहरु समेटिएका छन् भने पार्टी पदाधिकारी र सचिवालय सदस्यहरु पनि रहेका छन् ।

