sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग एस्टन भिल्ला पराजित

१६ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ गोलले पराजित गरेको छ ।

जीतसँगै आर्सनल ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । गएराति भएको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको छ । बराबरीपछि चेल्सी ३० अंकका साथ पाँचौँ स्थानमा छ भने २३ अंकसहित बर्नमाउथ १५औँ स्थानमा छ ।

एभर्टनले नटिङघम फरेस्टलाई २–० गोलले पराजित गरेको छ । यस जीतसँगै एभर्टन २८ अंकका साथ आठौँ स्थानमा छ । वेस्टहाम युनाइटेड र ब्राइटनबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । १४ अंकसहित वेस्टहाम १८औँ स्थानमा रहँदा २५ अंक रहेको ब्राइटन १४औँ स्थानमा रहेको छ । 

त्यस्तै, न्यूक्यासल युनाइटेडले बर्नलीलाई ३–१ गोल अन्तरले हराएको छ । न्यूक्यासल २६ अंकसहित १९औँ स्थानमा रहेको छ भने १२ अंक रहेको बर्नली १० औँ स्थानमा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्