वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता भएको ऊर्जामन्त्री घिसिङको भनाई
काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन् ।
सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताएका हुन् । उनँले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिए ।
उनले सबै निर्माण व्यवसायी गलत भने नभएको बताए । समयमा नै काम गर्ने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै उनले उनीहरूलाई प्रोत्साहन गर्ने गरेको उनको भनाइ थियो । निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए ।
