sevenstartv.com १० माघ २०८२, शनिवार

हमासलाई हतियार त्याग्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरण जतिसक्दो चाँडै सुरु गरिने बताएका छन् । 

उनले इरानमाथि भविष्यमा इजरायल वा अमेरिकी आक्रमणको सम्भावनालाई पनि अस्वीकार गरेनन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटवार्ताका क्रममा ट्रम्पले गाजामा स्थायी शान्तिका निम्ति हमासको निःशस्त्रीकरण अत्यन्त आवश्यक रहेको बताए ।

 नेतान्याहूसँगको भेटघाटअघि र पछि ट्रम्पले हमासले हतियार त्याग्नैपर्नेमा जोड दिए । उक्त प्यालेस्टाइनी समूहलाई उनले कडा चेतावनी दिए । गएको साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङटनको प्रमुख प्राथमिकता युद्धविरामको दोस्रो चरणमा पुग्नु रहेको बताएका थिए । त्यसमा गाजामा प्राविधिक प्यालेस्टाइनी प्रशासन स्थापना र अन्तर्राष्ट्रिय प्रहरी बलको तैनाथ हुने उल्लेख थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्