sevenstartv.com १० माघ २०८२, शनिवार

प्रतिनिधिसभा निर्वाचनका लागि ६५ दिन बाँकी, बन्द सूची पेश गर्ने समय थप नगर्ने

आयोगमा पुगेका दललाई आज पनि सेवा दिइने तयारी

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ६५ दिन बाँकी रहेको छ । जसअनुसार राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका छन् ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जसपा, नाउपा, प्रलोपा, उज्यालो नेपाल पार्टी लगायतका दलहरू समानुपातिक सूची बुझाएका हुन् । आयोगले समानुपातिक सूची बुझाउने समय सीमा सोमबारसम्म निर्धारण गरेकाले दलहरू अन्तिम समयमा निर्वाचन आयोग पुगेर सूची बुझाएका छन् । तर अझै पनि नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निर्वाचन आयोगको कार्यालय पुगेका छैनन् । 

यता समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मङ्गलबार बिहान १० बजे पनि सेवा दिइने छ ।।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्