sevenstartv.com १० माघ २०८२, शनिवार

बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाले मनोनयन दर्ता गर्न ६९ निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकेको थियो । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने म्याद सोमबार सकिएको छ । 

गत महिना निर्वाचन आयोगले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको जनविद्रोहपछि पहिलो पटक १२ करोड ७० लाखभन्दा बढी मतदाताको नामावली निर्वाचनका लागि दर्ता भएको बताएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्