sevenstartv.com १० माघ २०८२, शनिवार

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

१४ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताएका छन् । 

युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी ९५ प्रतिशत टुंगिएको दाबी गरेका हुन् । 

ट्रम्पका अनुसार अहिलेको प्रगति कायम रहे युद्ध केही हप्तामै अन्त्य हुन सक्ने सम्भावना छ । तर, ट्रम्पले यूक्रेनको जमिनसम्बन्धी विषय सबैभन्दा जटिल मुद्दा रहेको स्वीकार गर्नुभएको छ । विशेषगरी डोनबास क्षेत्रमा प्रस्तावित मुक्त व्यापार क्षेत्रसम्बन्धी सहमति अझै अनिर्णीत रहेको उनको भनाइ छ ।

रुसको भूमिकाबारे बोल्दै ट्रम्पले रुसले भविष्यमा यूक्रेनको पुनर्निर्माणमा सहयोग गर्ने दाबीसमेत गरेकाे छ । यद्यपि, भूमिसम्बन्धी विवाद र डोनबासको आर्थिक संरचनाबारे सहमति नजुट्दासम्म अन्तिम सम्झौता अझै चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्