रवि र बालेनबीच सहमति
काठमाडौं । तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच राजनीतिक सहमति भएको छ ।
सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको हो । छलफलका सुरुवातकर्ता एवं रास्वपाका निवर्तमान सांसद असिम शाहले भने सहमति नयाँ सुरुवात भएको बताउँछन् । यसअघि उनकै निवासमा भएको छलफलले बालेन र रविबीच सहमतिको ढोका खोलेको थियो ।
रवि र बालेनबीच आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो । रवि र बालेनले सहमतिमा हस्ताक्षर गरेपछि त्यहाँ खिँचिएको सामूहिक तस्बिरमा रास्वपा उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेसँगै नेताहरु शिशिर खनाल, असिम साह देखिएका छन् ।
त्यसैगरी यी सहमतिको साक्षीका रुपमा कुमार बेन, सुदिप ढकाल, केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेतसमेत छन् ।
